• २०८१ बैशाख २३ आइतबार

रोनाल्डो बिना पोर्चुगल नेसन्स कपको सेमिफाइनलमा 

kharibot

काठमाडौँ। युइएफ़ए नेशन्श कप अन्तर्गत पोर्चुगल र इटाली बिनाकुनै गोल बराबरी खेलेका छन्। गएराती भएको खेलमा दुई टिमले कुनै गोल गर्न नसक्दा दुवै टिमले एक एक अंक बाडेका छन्। 

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना पनि राम्रो प्रदर्शन गरिरहेको पोर्चुगलले यस खेलमा भने नतिजा निकाल्न असफल भएको छ। 

बराबरीपछि पोर्चुगल समुहमा शिर्ष स्थान हासिल गर्दै प्रतोयोगिताको सेमिफाइनलमा पुगेको छ। पोर्चुगलको ३ खेलमा ७ अंक भएको छ भने इटालीको ४ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै यस समुहमा रहेको पोल्याण्ड भने ३ खेलमा केवल एक अंक हासिल गर्दै लिग बि मा रेलिगेट भएको छ। 

अब इटालीले आगामी मंगलबार अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्दै छ भने पोर्चुगलले नेशन्स कप अन्तर्गत नै पोल्याण्डसँगको अन्तिम खेल खेल्दै छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै