काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नेप्सेमा दोहोरो अंंकले गिरावट आएको छ । नेप्से आज १० दशमलव १४ अंकले घटेर ११ सय ९४ दशमलव ८७ बिन्दुमा झर्दा सेन्सिटिभ दुई दशमलव २८ अंकले घटेर दुई सय ५४ बिन्दुमा झरेको छ । नेप्से सुचक घटेपनि कारोबार रकम भने बिगतका दिनहरुको तुलनामा बढेको छ ।
नेपाल बैंकको एकै दिन १४ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच हुंदा आज कारोबार रकम बढेको हो । आज एक सय ४५ वटा कम्पनीहरुको तीन हजार चार सय ८८ वटा कारोबारमा १० लाख ७९ हजार चार सय २७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३३ करोड ३७ लाख ९६ हजार नौ सय दुई रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोबार हुंदा नौ वटा समुहको सुचक उच्च अंकले घटेकाछन भने टे«डिङ समुहको सुचक सामान्य अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक १० दशमलव १६ अंकले घटेर एक हजार ५० दशमलव १६ बिन्दुमा झर्दा २४ करोड ६१ लाख ८३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बिकास बैंक समुहको सुचक पनि नौ दशमलव ४३ अंकले घटेर १४ सय ७१ दशमलव ६४ बिन्दुमा झर्दा तीन करोड १४ लाख ८६ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
निर्जिवन बीमा समुहको सुचकपनि २९ दशमलव आठ अंकले घटेर पाँच हजार पाँच सय ४४ दशमलव ७१ बिन्दुमा झर्दा दुर्ई करोड ४४ लाख ६४ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकसा बैंक, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि गिरावट आएको छ ।
आज बढी कमाउने कम्पनीको सूचीमा परेको पञ्चकन्या माई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुई रुपैयाँ ४४ पैसाले बढेर एक सय २६ रुपैयाँमा कारोबार भएको छ बढी गुमाउने कम्पनीको सूचीमा परेको समता माईक्रो फाईनान्स प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ ४९ पैसाले घटेर १४ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको भने आज प्रतिकित्ता दुई सय ९५ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड पाँच लाख ८० हजार तीन सय ३७ रुपैयाँको कारोबार भएको छ ।