• २०८१ बैशाख १५ शनिबार

सरकार पूर्णरुपमा असफल भयो -प्रकाशमान सिंह  

kharibot

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिहले सरकार पुर्ण रुपमा असफल भएको बताएका छन्। नेपाली काँग्रेस कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सरकारएल न त शान्ति सुरक्षा प्रदान गर्न सकेकाे छ न त जनजिविकाका सवालमा केही गर्न सकेकाे छ भन्दै सरकारका गतिविधि राजनीतिक अस्थिरता बढाउन र संघियता असफल बढाउन उदत रहेकाे अाराेप लगाएका छन्।   

फरक प्रसंगमा बोल्दै नेता सिंहले पार्टीभित्र पनि सरकारलाई बहुमतकाे दम्ब भएजस्तै बहुमतकाे अहमता रहेकाे बताएका छन्। आफु काेई कसैकाे बिराेधमा नलागेकाे तर पार्टी गतिविधि विधि विधान अनुरुप चलेनभन्दा प्रकाशमानले मेराे बिराेध गर्याे भनेर बुझ्ने पार्टी सभापतिलाई पर्न थालेकाेले पार्टी भित्र अाफुले उठाएका सुझाव पार्टी नेतृत्वले सहि रुपमा बुझ्न नसक्नु बिडम्वाना भएकाे बताए।  
  
अहिले सरकारप्रति नागरिकमा निरासा छ पार्टी कार्यकर्ताहरुमा उत्साह प्रदान गर्न पार्टी बिधि बिधान अनुरुप चलाउन सके पार्टी कार्यकर्ताहरुमा उर्जा अाउन सक्ने र जनतामा रहेकाे निराशा चिर्न सकिने अवस्था रहेकाे बताए। नेता  सिंहले अाफुहरु पार्टी सुधारका लागि निरन्तर लागिरहने बताउदै पार्टी भित्र फरक मत राख्नेहरुलाई बहुमतले पेलेर जानूपर्छ भन्ने साेच हाबि रहेको आरोप लगाए।

केहिदिन अघि अाफुले केन्द्रीय समिति बैंककमा नाेटअफ डिसेन्ट लेखेकाे र जुन बिषयमा नाेटअफ डिसेन्ट लेखियाे त्यहि बिषयमा कुनै सम्बाेधन गर्न नचाहे पछि त्यहि बिषयमा छलफलमा सभागि हुनु नाेटअफ डिसेन्ट लेखेकाे गल्ती स्वीकारे जस्तो देखिने भएकाले अाफु बैठकमा उपस्थिति नभएकाे बताए।

कार्यक्रममा केन्द्रीय सदस्यहरु हिरदयराम थानि, रामकृष्ण यादब, काठमाडौं जिल्ला सभापति सबुझ बानिया लगायतले आफ्नो बिचार राखेका थिए। कार्यक्रम जिल्ला सभापति सुरेन्द्रराज अाचार्यकाे सभापतित्वमा सम्पन भएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय