• २०८१ बैशाख १५ शनिबार

थ्रीस्टार ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

kharibot

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् ।

तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालीकाको क्रमशः चौथो, पाँचाँै, छैँटौँ र सातौँ स्थानमा छन् ।

दुवै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालीकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालीकाको क्रमशः नवौँ र १०औँ स्थानमा छ ।

फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेडब्वाइज दुवै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छन् । उनीहरु तालीकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । दोस्रो चरणका खेल सकिएसँगै दुई दिनका लागि लिग स्थागित गरिएको छ ।

लिगको तेस्रो चरणका खेल बुधबारदेखि शुरु हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । मङ्सिर ६, ७ र ८ गते तेस्रो चरणका खेल हुनेछन् भने पुनः दुई दिनको विश्रामपछि १० गतेदेखि चौथो चरणका खेल हुनेछन् ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेडब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छ । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने निर्देशक मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो ।

हालसम्मको अङ्क तालिका

क्रसं टोली                    खेल    जित    हार     बराबर  अङ्क

१ थ्रीस्टार क्लब                २      २      ०      ०      ६

२ मनाङमस्र्याङ्दी क्लब          २      २      ०      ०      ६

३ त्रिभुवन आर्मी क्लब           २      २      ०      ०      ६

४ नेपाल पुलिस क्लब           २      १      ०      १      ४

५ सङ्कटा क्लब               २      १      ०      १      ४

६ मच्छिन्द्र क्लब               २      १      ०      १      ४

७ एपिएफ क्लब                २      १      ०      १      ४

८ हिमालयन शेर्पा क्लब         २      ०      ०      २      २

९ च्यासल युथ क्लब            २      ०      १      १      १

१० न्यूरोड टिम (एनआरटी)      २      ०      १      १      १

११ जावलाखेल युथ क्लब        २      ०      २      ०      ०

१२ फ्रेण्ड्स क्लब               २      ०      २      ०      ०

१३ सरस्वती युथ क्लब          २      ०      २      ०      ०

१४ ब्रिगेडब्वाइज क्लब           २      ०      २      ०      ०

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै