• २०८१ जेठ ६ आइतबार

इन्टरपोलको प्रमुखमा रुसलाई पराजित गर्दै दक्षिण कोरियाको बाजी, चुनिए किम 

kharibot

अन्तर्राष्ट्रिय अपराधको अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्रहरी संस्था (इन्टरपोल)को प्रमुखमा दक्षिण कोरियाका किम जोंग यांग चुनिएका छन् । किमले रुसका प्रतिस्पर्धी अलेक्जेन्डर प्रोकोप्चुकलाई पराजित गरेका हुन् । 

रुसका प्रोकोप्चुपलाई निकै विवादित मानिने गरेको थियो । हारे पनि उनले आफ्नो देशका राष्ट्रपतिको आलोचना गर्नेविरुद्ध लाग्नसक्ने अनुमान गरिएको छ । 

गत सेप्टेम्बरमा चीन गएका इन्टरपोलका तत्कालीन प्रमुख मेंग होंग्वेई एकाएक हराएसँगै नयाँ नेतृत्वको खोजी थालिएको थियो । चीनले केही समयपश्चात् नै उनलाई घुसखोरी आरोपमा नियन्त्रणमा लिएको जनाएपछि यो निर्वाचन भएको हो । 

किम यसअघि कार्यकारी प्रमुखमा काम गरिरहेका थिए । उनले मेंगको कार्यकालको बाँकी अवधि दुई वर्षसम्म इन्टरपोलको नेतृत्व गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै