• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइन्डिजलाई पराजित गर्दै अस्ट्रेलिया महिला टी–२० विश्वकपको फाइनलमा

kharibot

काठमाडौँ। डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई पराजित गर्दै अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाको महिला टिमले वेस्टइन्डिजलाई ७१ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। 

अस्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेस्टइन्डिज १७.३ ओभर मात्र ७१ रनमा बनाएर अलआउट भएको थियो । वेस्टइन्डिजका लागि कप्तान स्टेफानी टेलरले सर्वाधिक १६ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। वेस्टइन्डिजको ब्याटिंग ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४२ रन बनायो थियो । अस्ट्रेलियाका लागि एलिसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन् ।

दोस्रो सेमिफाइनल अन्तर्गत अहिले भारत र इङल्याण्डका बीच खेल भइरहेको छ। यस खेलको विजेताले विश्वकप उपाधिका लागि अस्ट्रेलियासँग खेल्ने छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै