काठमाडौैँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडासम्बन्धी सम्झौतालाई रद्द गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार जग्गा भाडामा दिने सम्झौता रद्द गर्ने मन्त्रीस्तरीय निर्णय गरेको उनका सञ्चार सल्लाहकार सुनिल खड्काले जानकारी दिए । विवादित ढङ्गले कम रकममा जग्गा भाडामा लगाएको पाएपछि मन्त्री पोखरेलले सो निर्णय गरेका हुन् ।
तत्कालीन शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय, भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको २०५२ असार २३ को निर्णयअनुसार सो क्याम्पसलाई जग्गाको स्वामित्व नेपाल सरकारसँग नै रहने गरी प्रदान गरिएको थियो ।