• २०८१ बैशाख २३ आइतबार

दक्षिण अफ्रिकाका चर्चित खेलाडी रिचार्ड लेवी इपिएलमा पोखरा राइनोजबाट खेल्ने 

kharibot

काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । यसै क्रममा पोखरा राइनोजले दक्षिण अफ्रिकाका चर्चित खेलाडी रिचार्ड लेवीलाई भित्राएको छ।

दक्षिण अफ्रिकाका लागि १३ टी-२० खेलेका लेवीले १३ खेलमा २१.४५ को औसतले २३६ रन बनाएका छन्। लेवीले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय टी-२० मा न्युजील्याण्डविरुद्ध ४५ बलमा बनाएको ११७ रनको पारी निकै चर्चित रहेको छ। सो पारीमा हुने १३ छक्का हानेका थिए। 

पोखरा राइनोजसँग अनुबन्ध भएपछी लेवीले नेपाल विश्वको सुन्दर देश भन्ने आफुले धेरै पहिला देखि नै सुनेको बताउदै नेपाली राष्ट्रिय क्रिकेट टिमले पछिल्लो समयमा गरेको प्रगति प्रसंसनिय भएको बताए। पोखरा राइनोजबाट इपिएलमा आफुले राम्रो योगदान गर्ने बताउदै आफु नेपाल आउन अत्यन्त उत्साहित रहेको बताएका छन्। 

प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याइरहेका छन् । 

ललितपुरले यस संस्करणका लागि भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई क्लबमा अनुबन्ध गरेको छ भने चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको छ । त्यस्तै काठमाडौँ किंग्सले युएईका कप्तान रोहन मुस्तफा र आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायनलाई यसअघि नै साइन गरिसकेको छ।  

पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै