• २०८१ बैशाख २५ मंगलबार

ब्रेक्जिटको भविष्य सांसदहरूको हातमा : प्रधानमन्त्री थेरेसा मे

kharibot

लण्डन। बेलायतको यूरोपेली संघ (इयू)बाट हुने बहिर्गमन (ब्रेक्जिट)को भविष्य आफ्ना सांसदहरूमा निहित रहेको बिहीबार प्रधानमन्त्री थेरेसा मेले बताएकी छन् । 

सांसदहरूले सहयोग गरेमा आगामी मार्चमा बेलायत इयूबाट अलग्गिने छ तर उहाँहरूको सहयोग नरहेमा मुलुकले जनमत सङ्ग्रहबाट गरेको निर्णयलाई कार्यान्वयनमा लान हामी सबै चुक्नेछौँ । 

प्रधानमन्त्री मेलाई के उनले व्यक्तिगत रूपमा बेलायतको हितमा नहुनेगरी हुने बहिर्गमनलाई स्वीकार गर्नुहुनेछ भन्दै संसदीय समितिमा सोधिएको प्रश्नमा प्रधानमन्त्री मे ले उक्त कुरा भनकी हुन् । केही दिन पहिले प्रधानमन्त्री मे ले इयूसँग गरेको सहमतिको यस अघि ब्रेक्जिटको पक्षमा वकालत गर्दै आएका बेलायती नेताहरूले लण्डनको पक्षमा नभएको भन्दै असहमति जनाएपछि इयूसँगबाट बेलायत बाहिरिन नहुने भन्ने स्वर थप कडा बनेको हो । 

प्रतिपक्षी लेबर पार्टीका नेता इवेट कुपरले प्रश्न गरे, “तपाईलाई हामी विगत २० बर्षदेखि चिनेको आधारमा मलाई लाग्छ तपाईंको सहमति अघि बढ्न सक्दैन । तपाईं त्यस्तो व्यक्ति हो जसले मुलुकलाई सम्झौता नगर्ने अवस्थामा पनि लान सक्नुहुन्छ । के यस बिषयमा म गलत बुझेको हुँ ?” 

जवाफमा प्रधानमन्त्री मेले भनिन्, “यो संसदको निर्णय हुनेछ । मेरो विचारमा मैले बेलायतको पक्षमा हुनेगरी सहमति गरेकी छु ।” 

उनले के दोस्रो जनमतसङ्ग्रह गरेर अघि बढ्नुहुन्छ भन्ने प्रश्नलाई प्रधानमन्त्रीले अस्वीकार गरेकी थिइन् । यदि डिसेम्बर ११ मा हुने मतदानले सहमतिलाई अस्वीकृत गरेमा ब्रेक्जिटको निर्णयलाई केही समय पछि सार्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, “मैले हामीहरू थप अनिश्चित र विभाजनतर्फ अघि बढेको देखेकी छु । जनताले दिएको अभिमततर्फ जानु आजको आवश्यकता भएको मलाई दृढ विश्वास छ ।” 

प्रधानमन्त्रीलाई के उहाँसँग अतिरिक्त योजना थिएन भन्ने प्रश्नमा बेलायती प्रधानमन्त्रीले भनिन्, “मलाई लाग्छ संसद सदस्यले ब्रेक्जिटको मतदानको प्रकृतिका बारेमा ध्यान दिनु जरूरी छ । यो हाम्रो इतिहासमा महत्वपूर्ण विन्दू हो ।” 

उनले थपिन, “यदि सहमतिलाई संसदले अस्वीकृत गरेमा र सम्झौता नहुने अवस्था आएमा कसैले व्यवहारिक कदम लिन आवश्यक हुनेछ ।” 

सरकारले बुधबार बेक्जिटले पार्नसक्ने आर्थिक प्रभावकाबारेमा मुल्याङ्कन गर्दै इयूबाट बाहिरिएको अवस्थामा बेलायतले केही समय कठीन परिस्थितिको सामना गर्नुपर्ने निष्कर्ष निकालेको थियो । ‘बैंक अफ इङ्गल्याण्ड’ले सम्झौता नगरिकन बस्दा वित्तीय सङ्कटको अवस्था सामना गर्नुपर्ने चेतावनी दिएको थियो । 

इयू मा नै रहने विकल्प होइन । त्यसैले हामीले इयूबाट बाहिरिदा कुन विकल्प राम्रो हुन्छ त्यो सोच्नु उत्तम हो किनकी बहुमत बेलायती जनताले इयूबाट बाहिरिने पक्षमा मतदान गरिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै