• २०८१ बैशाख १५ शनिबार

युरेपेली युनियन र वेलायतबीच कुनै ट्रेड डील नहुने ‘प्रबल सम्भावना’: प्रधानमन्त्री बोरिस जोनसन

kharibot

काठमाडौँ । वेलायतका प्रधानमन्त्री बोरिस जोनसनले वेलायत र युरोपेली संगठन बीच कुनै पोष्ट-ब्रेक्जिट ट्रेड सम्झौता नहुने "प्रबल सम्भावना" रहेको बताएका छन् ।

वेलायतका प्रधानमन्त्री बोरिसले भने, “वार्ता जारी रहनेछ तर अब व्यापार र जनतालाई यस निर्णयको लागि तयार हुनुपर्छ ।”

वेलायतले ३१ डिसेम्बरबाट युरोपेली युनियनको नियमको पालना गर्न बन्द गर्नेछ र कुनैपनि सम्झौतामा हस्ताक्षर गर्नको लागि समय निकै कम रहेको छ । 

बोरिस जोनसनको यस बयान उनको युरोपेली संघकी प्रमुख उर्सुला भन को साथमा ब्रसेल्समा बुधवार भएको निस्कर्षबिहिन बैठकपछि आएको हो ।

अधिकारीहरु बीच थुप्रै हप्तासम्म चलेको वार्तामा प्रतिस्पर्धा नियम र माछामार्ने अधिकार जस्तो प्रमुख विषयमा कुनै निर्णय भएको छैन ।

बुधवार भएको बैठक पछि पहिलो पटक बोल्दै जोनसनले भने, “ वेलायतका प्रतिनिधि प्रयास गर्दै छन् र आवश्यकता परे वार्ताको लागि पेरिस वा बर्लिन पनि जान सक्छन् ।”

“तर युरोपेली संघ वेलायतलाई उसको कानुनी नियममा बाँधेर राख्न चाहन्छ, यदि नियम मानेन भने आयातमा जरिवाना जस्तो सजाय भोग्नुपर्छ, जसले गर्दा समस्या झन् कठिन हुँदै गएको छ ।” उनले भने, “यूरोपीय संघको प्रस्तावको मतलब यस वर्षको शुरुवातमा बाहिर निस्किए पनि वेलायत २७ देशको संगठनसंग जोडिन बाध्य हुन्छ ।”

प्रधानमन्त्री जोनसनको अनुसार, “अहिले अवस्था हेर्दा, वेलायतलाई युरोपेली संघमा निशुल्क व्यापारको सम्झौता गर्नुहुँदैन र अष्ट्रेलियाको जस्तै विकल्पको लागि तयार हुनुपर्छ ।”

यसै बीच युरोपेली युनियनले वेलायतको साथमा ब्रेक्जिट ट्रेड वार्ता असफल हुने देखिएको कारण संकटकालको योजना तयार गरेको छ र त्यसलाई जारी पनि गरेको छ ।

यस योजनाको उद्देश्य वेलायत र यूरोपेली यूनियनबीच हवाई र सडक सम्पर्क सुनिश्चित गर्नु हो । यसमा एकअर्काको जल क्षेत्रमा माछा मार्ने सम्भावनालाई सुनिश्चित गर्नु पनि रहेको छ ।

यस योजना लागु हुनुभन्दा पहिला वेलायतका प्रधानमन्त्री बोरिस जोनसनसंग युरोपेली युनियनको प्रमुख उर्सुला भन डेर लेयनले विवाद अन्त्य गर्न कुराकानी गरेकी थिईन् ।

वेलायत, सन् २०२० ३१ डिसेम्बर देखि युरोपेली युनियनसंग व्यापारको नियम परिवर्तन गर्दैछ ।

वेलायत जनावरी २०२० मा युरोपेली युनियनबाट अलग भएको थियो तर ११ महिनाको ट्रान्जिसन समयमा दुवै पक्षलाई कुराकानी गर्ने समय मिल्यो ।

वार्ताको क्रम जारि छ तर डाउनिंग स्ट्रीटको अनुसार, बुधवार दुवै नेताहरुबीच वार्तापछि ठुलो दुरी कायम भएको छ ।

वेलायतका विदेश मन्त्री डोमिनिक रबको अनुसार, बिहिवार पछि वार्ता हुने सम्भावना निकै कम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै