कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना

खरीबोट

जुम्ला । पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ । कर्णालीमा अधिकांश मानिस बिरामी पर्दा सधैँजसो रगतको खोज गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रतिष्ठानले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो ।

यहाँका आम नागरिक बिरामी हुँदा रगतका लागि नेपाली सेना, प्रहरी र अन्य नागरिकसँग गुहार माग्दै आएका थिए । तर, प्रतिष्ठानले अस्पतालभित्रै रक्तसञ्चार केन्द्र स्थापना गरेपछि सहज भएको स्थानीयवासीले बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत सङ्कलनको अभियान शुरु गरेको बताए । उनले भने,  “९० प्याकेट रगत भण्डारण गर्न मिल्ने गरी प्रतिष्ठानले रक्तसञ्चार केन्द्र स्थापना गरेको छ ।”

प्रतिष्ठानले रगत सङ्कलनका लागि वृहत रूपमा अभियानलाई अघि बढाउनका लागि यहाँका सङ्घसंस्था, विद्यार्थी, महिला, आमा समूह, रेडक्रसलगायत विभिन्न व्यक्तित्वलाई आग्रह गरेको छ । रगत सङ्कलनका लागि विभिन्न शिविर तथा अभियानमा प्रतिष्ठानले मेडिकल टोली पठाइदिने व्यवस्था गरिएको रजिष्ट्रार काफ्लेले बताए ।

रु एक करोड ३६ लाखमा अत्याधुनिक ल्याबसहित सामग्री र रु ९६ लाख लागतमा रगत स्टोरका लागि रेफ्रीजेरेटर खरीद गरी रक्तसञ्चार केन्द्र स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । यसलगत्तै सिटीस्क्यान र अक्सिजनको भण्डार पनि जुम्लामै हुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

सम्बन्धित समाचार

एमबीबीएस सम्भाव्यता अध्ययन टोली जुम्लामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना

जुम्ला । पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ । कर्णालीमा अधिकांश मानिस बिरामी पर्दा सधैँजसो रगतको खोज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्नासम्बन्धी अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।  कार्यदलमा चिकित्सकद्वय जीवन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग

सुर्खेत /  कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज


z