• २०८१ बैशाख १८ मंगलबार

मुक्तिनाथ विकास बैंकद्वारा पहिरोपीडितलाई ५० हजार सहयोग

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पहिरोपीडितलाई सहयोग गरेको छ ।

बैंकले गत भदौ १३ गते राति अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पूर्ण राई र निजकी श्रीमतीसहित चार जनाको मृत्यु भएकोले उनको बाँच्न सफल नाबालक छोराछोरीलाई सहयोगस्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का रामपुर, ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडौं समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै