• २०८१ बैशाख १५ शनिबार

सिटी एक्सप्रेसको ‘लखपति’ योजनामा विनोदले जिते नगद १ लाख 

kharibot

काठमाडौं । सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस नामक योजनाअन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको १ लाख रुपैयाँ मासिक लक्की ड्रमा परी पर्साका विनोद अग्रहरीले जितेका छन् ।

उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ९ सय २४ जनाले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार रुपैयाँ र १ जनाले १ लाख रुपैयाा जितिसकेको संस्थाले जनाएको छ ।

सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी नगद पुरस्कार हस्तान्तरण गरिएको हो ।

सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक २ सयको मोबाइल टप अप १२ जनाले र साप्ताहिक रुपमा तीन जना विजेताले १० हजार रुपैयाँ तथा हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्नसक्नेछन् ।

त्यस्तै उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त अवधिमा सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै