• २०८१ बैशाख १६ आइतबार

बलिवुडमा बरुण धवनको छलाङ, बने महंगा अभिनेता  

kharibot

मुम्बई। बलिवुडका नयाँ पिढीका चर्चित अभिनेता बरुण धवन युवा अभिनेता धेरै पारिश्रमिक पाउने अभिनेता बनेका छन्। बरुणको बक्स अफिसमा लगातार  फिल्म सफल भएपछि उनले एबीसीडीको नयाँ सिरिजमा महँगो पारिश्रमिक लिएर अनुबन्ध भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। 

बरुणले एबीसीडी-३ का लागि २१ करोड पारिश्रमिक लिएको बताइएको छ। यस बर्ष बरुणको फिल्म सुई धागा रिलिज भएको थियो। सुई धागाले बक्स अफिसमा ७९ करोडको कलेक्सन गरेको थियो। बक्स अफिसमा बरुणका चार फिल्म बद्रीनाथकी दुल्हनिया, जुड्वा-२, एबीसीडी-२ र दिलवालेले सय करोडभन्दा बढी व्यापार गरेका थिए। 

बरुणले एबिसिड़ी-२ मा श्रद्धा कपुरसँग अभिनय गरेपनि यसको तेस्रो संस्करणमा भने कट्रिना कैफको अभिनय रहने भएको छ। यस फिल्मलाई एबीसीडी-२ कै निर्देशक रेमो डिसुजाले नै गर्ने छन्। यो फिल्ममा प्रेम भन्दा पनि डान्सलाई नै फोकस गरेर बनाइने तयारीमा निर्देशक डिसुजा रहेको बताइएको छ। 

यस फिल्ममा फोर डि र आइम्याक्स फर्म्याटमा रिलिज गर्ने तयारीमा फिल्मका निर्माताहरु लागेको बताइएको छ। यस फिल्ममा अनुबन्ध भएपछि बरुण रणबीर सिंह र रणबीर कपुर भन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन्।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै