गौतम गम्भीरको क्रिकेटका सबै फर्म्याटबाट सन्यास

खरीबोट

काठमाडौँ। भारतीय क्रिकेटर गौतम गम्भीरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिग (आइपिएल) मात्र खेलिरहेका गम्भीरले अब सबै किसिमका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। 

भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एकदिवसिय विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका गम्भीरले अन्तिम पटक राष्ट्रिय टिमका २०१६ मा इङल्याण्डविरुद्ध टेस्ट क्रिकेट खेलेका थिए। त्यसपछि उनि टिममा परेका थिएनन्।  ३७ वर्षीय गम्भीरले भारतका लागि ५८ टेस्ट, १४७ एक दिवसिय र ३७ टि–२० खेल खेलेका छन् ।

गम्भीरले ५८ टेस्टको १०४ पारीमा ९९ शतक र २२ अर्धशतकसहित ४१५४ रन बनाएका छन्। त्यस्तै १४७ एकदिवसीय खेलमा २२ शतक र ३४ अर्धशतक सहित ५२३८ रन बनाएका छन्।  त्यस्तै ३७ टी-२० खेलमा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन्। 

गम्भीरले २००७ को टी–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन र २०११ को एकदिवसिय विश्वकपको फाइनलमा श्रीलंकाविरुद्ध ९७ रनको उत्कृष्ट पारी खेल्दै दुवै विश्वकप जिताउन महत्वपूर्ण योगदान दिए। 

रणजी ट्रफी अन्तर्गत आन्द्रप्रदेसविरुद्धको खेल ३७ वर्षे गाम्भीरको करियरको अन्तिम खेल हुने बताएका छन् । 

आइपिएलमा कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि जिताउदा गम्भीर सो टिमको कप्तान थिए। गम्भीरले गत आइपिएलमा खराब प्रदर्शनपछि दिल्ली डेयरडेभिल्सको कप्तानी आइपिएलकै क्रममा छोडेका थिए। यस सिजनका लागि दिल्लीले रिलिज गरेका १० खेलाडीमा गम्भीर पनि रहेका छन्।  

सम्बन्धित समाचार

गौतम गम्भीरको क्रिकेटका सबै फर्म्याटबाट सन्यास

काठमाडौँ। भारतीय क्रिकेटर गौतम गम्भीरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिग (आइपिएल) मात्र खेलिरहेका गम्भीरले अब सबै किसिमका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका

क्रिकेटर सन्दिप लामिछाने स्नातक तहमा पढ्न कलेज भर्ना  

काठमाडौं। जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर

चितवन टाइगर्सद्वारा इल्याण्डका क्रिकेटर जोन सिम्सन अनुबन्ध  

काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना

जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा बंगलादेश विजयी, सिरिज १-१ को बराबरी 

काठमाडौँ।  बंगलादेशले जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा २१८ रनको जित हासिल गर्दै सिरिज १-१ ले बराबरी गरेको छ। हाल जिम्बाबे भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्टको पाचौ दिन जिम्बाबेलाई २२४ रनमा अलआउट


z