काठमाडौं । चर्चित स्मार्टफोन आईफोन निर्माता कम्पनी एप्पलले ग्राहकलाई ब्याट्री साट्नसक्ने अफर दिएको छ । आफ्नो बिग्रिएको वा बिग्रिनलागेको ब्याट्री आगामी ३१ डिसेम्बरसम्म ब्याट्री रिप्लेसमेन्ट प्रोग्रामअनुसार साट्न सकिने कम्पनीले जनाएको छ ।
एप्पलले सस्तोमा ब्याट्री साट्ने अफर ल्याएको हो जसअनुसार २८५० देखि साढे ३१ सयसम्ममा ग्राहकले ब्याट्री साट्न पाउनेछन् । कतिपयले भने एप्पलको यस्तो अफर आउनुलाई अब ब्याट्री महंगो बनाउने एप्पलको तयारीका रुपमा समेत यसलाई लिएका छन् ।
यो स्किमअन्तर्गत आईफोन एसई, आईफोन ६एस, ६एसप्लस, ६प्लस, आईफोन ७, ७प्लस, ८, ८प्लस र आईफोन एक्स समेतको ब्याट्री साट्नसकिनेछ । एक्सएस र एक्सआरलाई भने स्किममा समावेश नगरिएको बताइएको छ । नजिकैको एप्पल अथोराइज्ड सर्भिस प्रोभाइडर वा रिटेल स्टोरमा ब्याट्री साट्न सकिने जनाइएको छ ।