• २०८१ बैशाख १६ आइतबार

काँग्रेसमा सभापति देउवालाई घेराबन्दीको प्रयास, प्रकाशमानको घरमा बस्यो असन्तुष्टहरुको बैठक 

kharibot

काठमाडौँ। नेपाली काँग्रेसको असन्तुष्ट समुहले नेता प्रकाशमान सिंहको घरमा छलफल गरेको छ। सभापति शेरबहादुर देउवासँग असन्तुष्ट समुहले सिंहको घरमा भेला भएर एउटै धारणा बनाएर अघि बढ्ने प्रयासस्वरुप छलफल गरिएको बताइएको छ । 

कोइराला समुहका नेताहरू र कृष्णप्रसाद सिटौला समूह पनि रामचन्द्र पौडेलको समु्हसँग नजिक भएर सभापति देउवाविरुद्ध घेराबन्दीमा जाने तयारीमा रहेका छन्। आउदो महासमिति बैठक र आउँदो महाधिवेशनमा एकढिक्का भएर अघि बढ्न असन्तुष्ट समुहले केही समयअघिदेखि बैठक तथा छलफलमा व्यस्त रहेका हुन्। 

सो भेलामा विधान समितिमा रहेका सदस्यहरुलाई केन्द्रीय समितिको स्वरुप र पदाधिकारीका विषयमा पनि आफ्नो पक्षको प्रस्ताव लैजाने विषयमा छलफल भएको बुझिएको छ। 

असन्तुष्ट समुहले हाल जारी केन्द्रीय समितिमा समेत विधानका विषयमा पनि एकै ठाउँमा उभिने प्रयास गरेको छ। आउँदो महाधिवेशनसम्ममा सभापति देउवालाई कमजोर बनाएर आफूहरू अघि बढ्ने प्रयास यो समुहको नेतृत्व भने वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिहेका छन्। 

बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, केन्द्रीय सदस्यहरु शेखर कोइराला, नवीनद्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, अर्जुननर सिंह केसी, डा.मिनेन्द्र रिजाल, बद्रि पाण्डे, दिलेन्द्र बडूलगायतका नेताहरु बैठकमा उपस्थित थिए। बैठक कृष्ण सिटौला भने अनुपस्थित रहेको बुझिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै