काठमाडौं । गत हप्तामात्रै मंगलग्रहमा अवतरण गरेको अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको इनसाइट ल्याण्डरले त्यहाँको हावाहुरीको आवाज रेकर्ड गरेको छ ।
उक्त रेकर्डसँगै पृथ्वीका मानिसहरुले समेत त्यहाँको हावा चल्दाको आवाज पहिलोपटक सुन्न पाएका छन् । गत शुक्रबार नासाले यसको जानकारी दिएको हो ।
नासाको इनसाइट ल्याण्डरले मंगलग्रहमा १० देखि १५ माइल प्रतिघण्टा अर्थात् ५ देखि ७ मिटर प्रतिसेकेन्डको हिसाबमा चल्ने हावाको आवाज रेकर्ड गरेको छ ।
वैज्ञानिकहरुका अनुसार सिस्मोमिटरबाट मिलेको यो सुरुवाती १५ मिनेट पहिलेको डाटा हो । यो कुनै झण्डै लहराउँदा आउने आवाजजस्तै सुनिएको छ ।
मंगलग्रहको भित्री तहको अध्ययनका लागि पठाइएको यो यानले त्यहाँको भौगर्भिक गतिविधिहरु भूकम्प, तापक्रमलगायतबारे अध्ययन गर्नेछ ।