• २०८१ बैशाख १४ शुक्रबार

कर्मचारीलाई समायोजन भएको पत्र थमाउन स्थानीय निकायलाई मन्त्रालयले पत्र काट्यो 

kharibot

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ, नगर, महानगर र उपमहानगरलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार समायोजन भएका कर्मचारीलाई कर्मचारी समायोजनको पत्र थमाउन पत्र काटेको छ । 

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतको नाममा उक्त पत्र काटेको हो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ जारी गरेपछि सोमबार नै सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अध्यादेश प्रारम्भ भएको १० दिनभित्र सम्बन्धित कर्मचारीलाई समायोजन पत्र थमाउन भनेको हो ।

उक्त अध्यादेशको दफा ६ को उपदफा ४ मा साबिकको स्थानीय निकायबाट स्थायी नियुक्ति पाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम समायोजन भएका कर्मंचारीलाई सम्बन्धित स्थानीय निकायले अध्यादेश जारी भएको १० दिनभित्र समायोजन पत्र दिई सो जानकारी मन्त्रालयलाई दिनुपर्ने प्रावधानअनुसार मन्त्रालयले स्थानीय निकायलाई पत्र काटेको हो ।

मन्त्रालयका अनुसार स्थानीय निकायको कार्यपालिकाले निर्णय गराई उक्त कर्मचारीको स्थायी नियुक्ति पत्र रुजु गरी १० दिनभित्रै समायोजन पत्र दिएर सोको जानकारी मन्त्रालयलाई दिनुपर्नेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै