• २०८१ बैशाख १४ शुक्रबार

देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित, प्रधानन्यायाधीश नियुक्ति विहिबार हुनसक्ने 

kharibot

काठमाडौं। संवैधानिक परिषदको बैठक बुधबार पनि स्थगित भएको छ। प्रधानन्यायाधीश नियुक्ति गर्न बस्नुपर्ने बैठक प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि विहीबार बिहान नौं बजे पुनः बस्ने गरी स्थगित गरिएको हो । 

प्रमुख प्रतिपक्ष दलका नेता देउवाले बैठकमा आउन नसक्ने जानकारी गराएपछि बुधबारको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । मंगलबार अपरान्ह बोलाइएको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले नभ्याएपछि स्थगित गरिएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विहिबार बस्ने बैठकले भने प्रधानन्यायाधिश सिफारिसका लागि आवश्यक निर्णय लिने विश्वास पनि व्यक्त गरे ।

पार्टीको महासमिति बैठकको तयारीका कारण देउवा परिषदको बैठकमा उपस्थित हुन नसकेको बताइएको छ। प्रधानन्यायाधीश रिक्त हुनु एक महिना अघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुदै छन् । परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्धय दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम न्याय परिषदले पठाएको छ । जोशी यसअघि नै संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपनि हाल वरिष्ठ न्यायाधिशको हैसियतमा काम गरिरहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै