• २०८१ बैशाख १४ शुक्रबार

दुई वर्ष भित्रै मुलुकलाई पूर्ण साक्षरता घोषणा गर्ने सरकारको लक्ष्य : शिक्षामन्त्री पोखरेल

kharibot

बारा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आउँदो दुई वर्ष भित्रै मुलकलाई पूर्ण साक्षरता  घोषणा  गर्ने लक्ष्यका साथ सरकार अघि बढीरहेको बताएका छन् ।

प्रदेश नम्वर दुई बाराको सिमरामा सञ्चालित प्रदेश स्तरीय अभिमुखिकरण गोष्ठीलार्ई संवोधन पछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

फागुत २ भित्रै संघ , प्रदेश र स्थानीय तह सम्मका संघीय शिक्षा नितिका कामहरु सक्ने अभियानका साथ आँफुहरु अगाडी बढेका बताएका छन् । ४७ जिल्लाले सरकारको न्यूनतम लक्ष्य प्राप्त गरि सकेको र बाँकी ३० जिल्लालाई लक्षित गरी व्यावस्थापन गरिने बताए ।

उनले ८२ प्रतिशत साक्षरता रहेको हाम्रो मुलुकलाई दुई वर्ष भित्र सबै केटाकेटीलाई स्कुल पठाउँने र हस्ताक्षर गर्न नसक्नेलाई हस्ताक्षर गर्न सक्ने बनाई मुलुकलाई पूर्ण साक्षरता घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताए ।

शिक्षा निति यथावत नरहेर यसमा पूर्ण रुपमा परिवर्तन गरी मुलुकले माँगेको जनशक्ति तयार हँुने गरी शिक्षा निति ल्याईने बताएका छन् । उनले संख्यात्मक भन्दा गुणात्मक जनशक्ति तयार गर्ने आफ्नों लक्ष्य रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै