• २०८१ बैशाख १५ शनिबार

नेपालमा २ सय रुपैयाँको भारतीय नोटमा प्रतिबन्ध लगाउने सरकारको निर्णय  

kharibot

काठमाडौं । सरकारले २ सय रुपैयाँको भारतीय नोट (आईसी) लाई नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन्। नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा रहेका छैनन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै