काठमाडौं । सरकारले २ सय रुपैयाँको भारतीय नोट (आईसी) लाई नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन्। नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा रहेका छैनन् ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।