काठमाडौँ। युरोपा लिगको समूह चरणको अन्तिम खेलमा प्रिमियर लिग क्लब चेल्सी बराबरी रोकिएको छ। भने आर्सनलले जित हासिल गरेको छ।
यसअघि नै नकआउट चरणमा पुगिसकेको चेल्सी समूह चरणको अन्तिम खेलमा भिडीसँग २-२ गोलको बराबरीमा रोकिएको हो । दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको चेल्सीले भिडीसँग बराबरी खेले पनि समूह एलबाट विजेताका रुपमा अन्तिम ३२ मा प्रवेश गरेको छ । चेल्सीका लागि विलियन र ओलिभर जिराउडले एक एक गोल गरेका थिए भने भिडीका लागि निगोले एक गोल गरे भने एक गोल चेल्सीका एमपाडुले आत्मघाती गोल गरेका थिए।
त्यस्तै आर्सनलले पनि समूहको अन्तिम खेलमा क्वाराबगलाई १-० मा पराजित गर्दै समूहको विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूह इ को विजेता बनेको आर्सनलले गए राति क्वाराबगलाई पराजित गर्ने क्रममा खेलको एक मात्र गोल लाकाजेटीले गरेका थिए।