छोराले गरे छुरा प्रहार गरी बाबुको हत्या

खरीबोट

उर्लाबारी। मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । 

छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ । 

छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममा बिहीबार राति उनको मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 

सम्बन्धित समाचार

हजारौँको अगाडी मेयरको हत्या

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।  परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले

सांसद संग्रौलाद्वारा निर्मला हत्यासम्बन्धी जरुरी सार्वजनिक महत्व प्रस्ताव दर्ता 

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले संसदमा निर्मला पन्त हत्या सम्बन्धी छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छिन् । सांसद संग्रौलाले प्रतिनिधि सभा नियमावली, २०७५ को

‘प्रधानमन्त्रीज्यू, झापाको भ्यु टावरमा चढेपनि निर्मला हत्याको टाटो परैबाट देखिन्छ’

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको आइतबारको विशेष बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले भोगविलासबाट गणतन्त्र बलियो नहुने बताएका छन् । सरकारको निर्णयबाट १८ करोडको गाडीमा, डेढ अर्बको हेलिकप्टरमा चढाउने

बाँकेमा एक युवकको बीभत्स हत्या

बाँके । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर बीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा


z