• २०८१ बैशाख १४ शुक्रबार

सिरी ए मा युभेन्टस अपराजित, रोनाल्डोले गरे ऐतिहासिक गोल 

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा टोरिनोलाई पराजित गर्दै युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। गएराति भएको खेलमा युभेन्टसले टोरिनोलाई २-० गोल अन्तरले पराजित गरेको हो। 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको एक मात्र गोल गरे। रोनाल्डोले खेलको ७०औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। रोनाल्डोले गरेको यो गोल युभेन्टसले सिरी ए मा गरेको ५ हजारौ गोल हो। सिरी ए मा ५ हजार गोल गर्ने युभेन्टस पहिलो क्लब बनेको छ भने यो ऐतिहासिक गोल रोनाल्डोले गरेका छन्। 

रोनाल्डोले गोलपछि टोरिनोका किपरसँगको खराब व्यबहारका लागि पहेलो कार्ड पाएका थिए।  यो सँगै सिरी ए मा रोनाल्डोले अहिलेसम्म ११ गोल गरेका छन् भने ५ गोल असिस्ट गरेका छन्। 

जितसँगै युभेन्टसले १६ खेलमा ४६ अंक बटुल्दै दोस्रो स्थानमा रहेको नापोलीसँग ११ अंकको अग्रता हासिल गरेको छ भने टोरिनोको १६ खेलमा २२ अंक रहेको छ। युभेन्टसले अहिलेसम्म १६ खेलमा १५ मा जित र एकमा बराबरी खेल्दै अपराजित रहेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै