• २०८१ बैशाख १४ शुक्रबार

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगेर बाहिरीइन् 

kharibot

काठमाडौँ। नेपालकी २३ वर्षिया मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप टेनसम्म पुगेर बाहिरिएकी छन्। मनिता क्यानडा, थाइल्याण्ड, कौरासो, कोष्टा रिका, भियतनाम, पुएर्टोरिको, भेनेजुएला, साउथ अफ्रीका, फिलिपिन्सकी सुन्दरीसँगै टप १० मा पुगेकी थिइन्। 

नर्थ क्यारोलिनाको ग्रिनभिली स्थित इन्ट क्यारोलिना युनिभर्सिटीबाट पब्लिक हेल्थमा डिग्री हासिल गरेकी मनिता ६७औं संस्करणको मिस युनिभर्स प्रतियोगिताकी सहभागी हुन् । उनले विश्वका ९० भन्दा बढी मुलुकका सुन्दरीसँग उपाधिका लागि प्रतिस्पर्धा गरेकी हुन् ।

मिस नेपाल २०१८ मा मिस नेपाल युनिभर्स २०१८ को ताज पहिरिएपछि मनिता ६७औं संस्करणको मिस युनिभर्स प्रतियोगिताका लागि नेपालको तर्फबाट आधिकारिक सहभागि बनेकी हुन् ।

मनिता नेपालको तर्फबाट मिस युनिभर्समा सहभागी हुने दोस्रो प्रतिष्पर्धी हुन् यस अघि २०१७ मा नेपालको तर्फबाट नगमा श्रेष्ठले सहभागिता जनाएकी थिइन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै