• २०८१ बैशाख १४ शुक्रबार

रुओन नेपालको सुरक्षित गर्भपतनसम्बन्धी गोष्ठी

kharibot

काठमाडौं । रुओन नेपालको सुरक्षित गर्भपतन सेवासम्बन्धी सञ्चारकर्मीसँगको गोष्ठी सम्पन्न भएको छ । सोमबार रिपोर्टर्स क्लबमा आयोजित गोष्ठीमा नेपालको सुरक्षित गर्भपतन सेवासम्बन्धी जानकारी गराइएको थियो । 

गोष्ठीमा बोल्दै  रुओन नेपालकी कार्यक्रम संयोजक सम्झना पहाडीले २०५९ सालमा मुलुकी ऐनको एघारौँ संशोधनमार्फत नेपालमा गर्भपनले कानुनी मान्यता पाएको दिनको सम्झनामा  रुओन नेपालले राइट हेयर  राइट नाउको आर्थिक सहयोगमा नेपालमा कार्यरत सञ्चारकर्मीहरुसँग सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखीकरणको साथै  सकारात्मक  सन्देश प्रवाह गर्ने बताइन् ।

नेपाल सरकारले  सुरक्षित गर्भपतनलाई  सबै जिल्लामा निःशुल्क गरेको भए पनि अझै पनि ८५ प्रतिशत महिलाहरुले असुरक्षित रुपमा गर्भपतन गराउने गरेका छन् । सुरक्षित गर्भपतनको बारेमा सबै महिलाहरुले सुरक्षित तथा  सरकारले मान्यता नदिएको स्वास्थ्य संस्थाबाट सेवा लिन नसक्नु, कानुन र सेवाबारे कम जानकारी हुनु, पहुँच  हुन नसक्नु, महिला आफैले निर्णय लिन नसक्नु र गर्भपतनप्रतिको समाजको नकारात्मक  धारणाले गर्भपतन गर्नुको मुख्य कारक भएको बताइएको छ  ।

कार्यक्रममा समाचार सम्प्रेषण गर्ने सवालमा कस्ता खालका शब्द र चित्र  प्रयोग गर्ने विषयलाई समेत प्रकाश पारिएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै