• २०८१ बैशाख २३ आइतबार

नेकपाका ४३ केन्द्रीय सदस्यद्वारा दिगम्बर झासहितका विवादित नियुक्ति खारेज गर्न पार्टी नेतृत्वलाई पत्र 

kharibot

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ जना केन्द्रीय सदस्यले सरकारले गरेको भ्रष्ट र विवादित छबी भएका राजनीतिक नियुक्तिलाई खारेज गर्न माग गरेका छन्।

जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले सरकारको घोषणा विपरित भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिइएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।

उनीहरुले पत्रमा दिगम्बर झा जस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित ब्यक्तिहरुलाई विभूषित गरेको आरोप लगाएका छन्।

सरकारले लिएको ‘भ्रष्टाचार विरोधी सुन्य सहनशीलता’ नीति तथा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने घोषणा विपरित नेताहरुले भ्रष्ट र विवादित ब्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा सरकारको गरीमा र लोकप्रियतामा गम्भीर धक्का पुगेको बताएका छन्।

‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं,’ पत्रमा भनिएको छ।

'देश लामो समयदेखि भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनीहरूले एनसेलजस्ता कम्पनीले सरकारलाई हाकाहाकी कर छलिरहेको र सरकारलाई विगतदेखिनै असहयोग गरिरहेको बताएका छन्। ‘यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरूलाई क्रमशः छिमल्दै र कारबाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालै अभियान सञ्चालन गर्न आवश्यक छ। यसको सुरूवात राजनीतिक नियुक्ति पाएका भ्रष्ट छबिका मानिसको नियुक्त खारेजीबाट गरियोस्,’ पत्रमा भनेका छन्।

केन्द्रीय सदस्यहरु कृष्ण केसी, ठाकुर गैरे, डा. विजयकुमार पौडेल, माधब अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडासहित  जना नेताहरुले आफ्नो सहमति प्रकट गरेका छन्।

गत भदौं २१ गते सरकारले नेपाल दुरसंचारका पूर्व अध्यक्ष झालाई पुन: अध्यक्षमा नियुक्त गरेको थियो।

४३ केन्द्रीय सदस्यको पत्र :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै