• २०८१ बैशाख १४ शुक्रबार

सन्दीपको ३ विकेटका बाबजूद होबर्ट हरिकेन्ससँग मेलबर्न स्टार्स पराजित

kharibot

बिग बास लिग २०१८–१९ अन्तर्गतको खेलमा होबर्ट हरिकेन्सले  मेलबर्न स्टार्सलाई ६ विकेटले पराजित गरेको छ ।

मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रनको स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको होबर्ट हरिकेन्सले ४ विकेट गुमाउँदै १९औंं ओभरमा १५६ रनको लक्ष्य पूरा गरेको हो । 

खेलमा सन्दीप लामिछानेले मेलबर्न स्टार्सको लागि ३ विकेट लिए पनि त्यसले टीमलाई जित भने दिलाउन सकेन । 

सन्दीपले कुल ४ ओभर बलिङ गर्दै २४ रन दिएर ३ विकेट लिएका थिए । उनले एलेक्स डुल्यान, बेन म्याक डर्मट, र म्याथ्यु वेडलाई पेभेलियन फर्काएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै