• २०८१ जेठ १ मंगलबार

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु 

kharibot

कञ्चनपुर। दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ ।

आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

 ४५ वर्षकी विष्णालाई मेसिनको नाङ्गो तारमा छुँदा करेन्ट लागेको बताइएको छ । 

रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई उमाको निधनपछि विष्णाले नै हुर्काएकी थिइन्। रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै