• २०८१ जेठ १ मंगलबार

रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए 

kharibot

काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत युभेन्टस बराबरीमा रोकिएको छ। बुधबार भएको खेलमा युभेन्टस एटलान्टासँग २-२ गोलको बराबरीमा रोकिएको हो। 

२-१ गोलले पछि परेको युभेन्टस ६५औ मिनेटमा मैदानमा छिरेका क्रिस्टियानो रोनाल्डोले खेलको ७८औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।

युभेन्टसका लागि पहिलो गोल एटलान्टाका बेराट डिजिमस्टीले आत्मघाती गोल गरेका थिए। त्यस्तै एटलान्टाका लागि दुवै गोल डुभान जपाटाले गरेका थिए। 

युभेन्टसका रोड्रीगो बेन्टानकरले खेलको ५७औ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो। 

यो खेलसँगै युभेन्टसको सिरी ए मा यस सिजनमा अपराजित यात्रा कायमै रहेको छ। युभेन्टसले १८ खेलमा १ जित र २ बराबरीसहित ५० अंक बनाएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै