• २०८१ बैशाख १५ शनिबार

किरण चेम्जोङ्गले जिते माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपरको अवार्ड

kharibot

काठमाडौँ। नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ्गले माल्दिभ्स फुटबल अवार्ड्समा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्।

माल्दिभ्सको टिसी स्पोर्ट्सबाट धिभेनी प्रिमियर लिग खेलेका किरणले क्लबलाई सो लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

चेम्जोङ्ग हाल नेपालमै रहेकाले उनको तर्फबाट सो अवार्ड टीसी स्पोर्ट्सका म्यानेजर मोहमद निजामले बुझेका छन्। टिसी स्पोर्ट्सका म्यानेजर मोहमद निजामले प्रतियोगिताको उत्कृष्ट म्यानेजरको अवार्ड जितेका छन्। 

सो अवार्ड कार्यक्रम माल्दिभ्स फुटबल संघले आयोजना गरेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै