• २०८१ बैशाख १६ आइतबार

श्रीदेवीकी कान्छी छोरी खुशी बलिवुडमा डेभ्यु गर्ने तयारीमा 

kharibot

काठमाडौँ। बलिवुडकी दिवंगत अभिनेत्री श्रीदेवीकी अर्की छोरी खुशी कपुर पनि बलिवुडमा डेभ्यु गर्ने तयारीमा रहेकी छन्। दिदि जान्हवी कपुरको धड़क फिल्मबाट सफल डेभ्यु पछि अब खुशीले बलिवुडमा आउने तयारी सुरु गरेकी हुन्। 

खुशीलाई अर्को बर्ष करन जोहरले नै डेभ्यु गर्ने तयारी गरेका हुन्। करनले खुशीको डेभ्यु जावेद जाफरीका छोरा मिजान जाफरी वा सैफअली खानका छोरा इब्राहिमसँग गराउने तयारी गरेको बताएका छन्। 

भारतीय मिडियाहरुले खुशी र इब्राहिमको डेभ्यु हुने निश्चित भएको बताएका छन्। करन जोहरले अहिले दुई लव स्टोरीको स्क्रिप्टमा काम गरिरहेको र एकमा इब्राहिम र खुशीको डेभ्यु हुने बताइएको छ। 

करन जोहरले बलिवुडमा सेलिब्रेटीका छोरा छोरीलाई लन्च गर्ने गर्दछन। आलिया भट्ट, बरुण धवन, जान्हवी कपुरलाई करनले बलिवुडमा डेभ्यु गराएका हुन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै