• २०८१ बैशाख १४ शुक्रबार

भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

kharibot

भोजपुर । भोजपुर नगरपालिका–६ देउरालीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने ५० वर्षीय हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार १८ जना यात्रुमध्ये आठजना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल भोजपुर सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै