• २०८१ बैशाख १४ शुक्रबार

कर्मचारी समायोजन अध्यादेश संघियताको मर्म विपरित छ – गगन थापा 

kharibot

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभामा नेपाली काँग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई अस्विकार गरियोस्  भन्ने सूचना प्रस्तुत गरेका छन् । 

अध्यादेश अस्विकार गरियोस भन्ने सूचना प्रस्तुत गर्दै सांसद थापाले  कर्मचारी समायोजन ऐनलाई एक बर्ष सम्म कार्यान्वयन नगरी अहिले अध्यादेश ल्याएर समायोजन गर्न नपाइने उनले बताए ।

समस्या अध्यादेश ल्याउने तरिकामा मात्र नभएर यस भित्र गरिएको व्यवस्थामा पनि रहेको भन्दै यो विभेदकारी रहेको बताए । समान सेवा सर्तमा आएका कर्मचारीलाई विभेदकारी व्यवस्था गरिएको बताए । कर्मचारी प्रशासनलाई थिलो थिलो बनाएको भन्दै यसले झन् अस्तव्यस्त बनाउने बताए ।  

उनले अध्यादेशलाई फिर्ता गरेर कर्मचारी ऐन २०७४ लाई लागु गर्न आग्रह गरे । कर्मचारीको क्षमता र आचरणको बारेमा प्रश्न उठाएको कुरा जायज भएको भन्दै कर्मचारीको विशिष्ट भूमिका हुने भन्दै अध्यादेशको व्यवस्थाले हाम्रो उद्धेश्य पुरा नहुने र संघियताको मर्म विपरित रहेको बताए । 

बलियो राजनेता नभएर देश नबनेको ठान्नु भएको छ भने प्रधानमन्त्रीलाई सो धारणा बदल्न सांसद थापाले आग्रह गरे । केहि समय पछि लोकसेवा आयोग सम्बन्धि विधयेक आउदै गरेको भन्दै सरकारले संबैधानिक निकायलाई विभाग बनाउन खोजेको आरोप लगाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै