• २०८१ बैशाख २६ बुधबार

बाक्लो हिमपातपछि सेताम्य भए हिमाली जिल्ला (फोटोफिचर) 

kharibot

मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबारदेखि लगातार हिमपात भएपछि जनजीवनमा प्रभाव परेको छ । तस्बिर : रासस

काठमाडौं । देशका उच्च पहाडी र हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । हिमाली भेकका जिल्लाहरु मुगु, डोटी, हुम्ला, जुम्ला लगायतका जिल्लामा हिमपात भएको हो । 

उपत्यकालगायतका विभिन्न जिल्लामा सोमबार बिहानै वर्षात् भएपछि देशभर चिसो बढेको छ । भारतका समेत कतिपय सहरमा पानी परेको छ भने नेपाल, भारतका उच्च पहाडी जिल्लाहरुमा भएको बाक्लो हिमपातपछि जाडो पनि ह्वात्तै बढेको छ । 

  • मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबार र सोमबार भएको हिमपातको दृश्य -


मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबार र सोमबार भएको हिमपात । 



डोटीको अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा आइतबार रातिदेखि हिमपात भएका कारण जनजीवन प्रभावित हुनुका साथ यातायातका साधन आवतजावतमा समस्या भएको छ । 


हुम्लामा हिमपात हुनुको साथै यहाँ चिसो अत्याधिक रुपमा बढेको छ । हिमपात र चिसोमा पनि एसईई परिक्षाको तयारीका लागि विहान पढ्न जान लागेका बिद्यार्थीहरु । 


हुम्लामा हिउँले ढपक्कै ढाकेको सिमकोट बजार । हुम्लामा गत शनिवार देखि परेको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । 


सबै तस्बिर : रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै