• २०८१ बैशाख १५ शनिबार

टिभिएसको ग्रान्ड एक्सचेन्ज पुष २५ देखि २८ सम्म 

kharibot

काठमाडौँ । जगदम्बा मोटर्स,  अन्तर्राष्ट्रियस्तरमा प्रशिद्ध दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता, ले काठमाडौं स्थित भृकुटीमण्डपमा आफ्नो ४ दिने ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रमको आयोजना गरेको छ । 

यही पुष २५ गते बाट सुरुभइ पुष २८ सम्म चल्ने यस ४ दिने एक्सचेन्जमा दैनिक ग्राहकहरुको घुइंचो लाग्ने आशा गरिएको छ । बजारमा निकै नाम चलेको र मन पराइएको यस कम्पनीले यो एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटर सित आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको छ ।

बजार विस्तार गर्ने यस उत्कृस्ट शैली टिभिएसले यस आयोजना मार्फत संचालन गरेको छ । पुष २८ सम्म चल्ने यस कार्यक्रमको भरपुर फाइदा लिन कम्पनीका अधिकारीहरु पुरनो बाइकका मालिकहरुलाई यस कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्दछन ।

२०% डाउनपेमेन्टमा ०% ब्याजदर, रु ८००० सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम रु २५००० मुल्यांकन, रु ७००० — रु १००००० सम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइकहरु जस्ता आकर्षक उपहारको व्यवस्ता यस एक्सचेन्ज कार्यक्रममा गरिएको छ ।    

कार्यक्रमको शोभा बढाउन निशुल्क स्वास्थ्य जाच, स्टन्ट शो र स्लो राइड कम्पिटिसनको पनि आयोजना गरिने भएको छ । यस कार्यक्रममा टिभिएसले हरेक ब्रान्डका मोटरसाइकल हुने ग्राहकहरुलाइ स्वागत गरी एउटा उदाहरणको रुपमा चिनिन सफल रहेको छ । अरु ब्रान्डका यस्ता एक्सचेन्ज कार्यक्रममा त्यही ब्रान्ड बाहेकअन्य ब्रान्डका बाइकहरु नसाटिने हुदा यही मौकालाई टिभिएसले आफ्नो ब्रान्ड विस्तार गर्न यस कार्यक्रमको आयोजना गरेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय