• २०८१ बैशाख १६ आइतबार

शंकर ग्रुपद्वारा टिभिएस मोटरसाइकलको उत्पादन नेपालमै शुरु, एक अर्बको लगानी

kharibot

काठमाडौं । शंकर ग्रुपले नेपालमै टिभिएस मोटरसाइकल, स्कुटर तथा थ्री ह्वीलरको उत्पादन सुरु गरेको छ । 

नेपालमा टिभिएस बाइक तथा स्कुटर र थ्री ह्वीलरको मागर बजार बढ्दै गएपछि व्यावसायिक घराना शंकर ग्रुपले सिमरामा एसेम्बल्ड प्लान्ट राखेर उत्पादन सुरु गरेको हो ।

टिभिएस मोटरसाइकल र स्कुटरमा बजार विस्तार भइरहेका बेला र माग बढ्दै गएपछि नेपालमै एसेम्बल्ड फ्याक्ट्री खोलिएको ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताएका छन् । 

कम्पनीले १ अर्ब रुपैयाँ लगानीमा फ्याक्ट्री लगाएर उत्पादन सुरु गरेको अग्रवाल बताउछन । अहिले उत्पादन गरेर फ्याक्ट्रीमै राखिएको र आवत-जावत सहज हुनासाथ बजारमा पठाइने उनले बताए । 

उनले भने, ‘हाम्रो प्लान्टबाट मोटरसाइकल उत्पादन सुरु भएको छ । त्यसैगरी, स्कुटर र थ्री ह्वीलरको पनि केही समयभित्रै उत्पादन सुरु गर्ने तयारी छ । मोटरसाइकल, स्कुटर र थ्री ह्वीलर गरी हामीसँग तीन ओटा लाइन छ । त्यसमध्ये अहिले मोटरसाइकलको उत्पादन सुरु भइसकेको छ ।’

उद्योगले बार्षिक रुपमा एक लाख थान मोटरसाइकल तथा स्कुटर तथा १० हजार थान थ्री ह्वीलर बनाउन सक्ने क्षमता उद्योगसँग छ ।


 

सरकारले मोटरसाइकल तथा स्कुटरको एसेम्बल्ड प्लान्ट लगाउनेलाई खासै सुविधा दिएको छैन भने मोटरसाइकल तथा स्कुटरमा लाग्ने अन्तः शुल्कमा २५ प्रतिशत मात्रै छुट रहेको छ । 

त्यसैगरी, गाडी र थ्री ह्वीलरमा ५० प्रतिशत छुट दिएको छ । मूल्य अभिवृद्धि गरेपछि सरकारले २५ प्रतिशत छुट दिने भनेको छ । सरकारले दिएको सुविधाले बाइकको मूल्यमा खासै अन्तर नपर्ने अग्रवालको भनाई छ । बढीमा २ प्रतिशत सस्तो पर्ने तर, अगामी दिनमा यो सुविधालाई बढाउँदै लागेमा मुल्यमा अन्तर हुनसक्ने उनले बताए । 

नेपालमा एसेम्बल्ड प्लान्ट लगाउँदा तत्कालै सय जनाभन्दा बढी इन्जिनियर तथा दक्ष जनशक्तिले रोजगारी पाउने र थ्री ह्वीलर र स्कुटर गरेर ५ सय जनालाई रोजगारी प्रदान गर्ने छ । 

टिभिएस भारतको ‘गाइडेन्स’मा नेपालको उत्पादन भएको बाइकको गुणस्तर परीक्षण हुने कम्पनिले जनाएको छ । 

अग्रवालका अनुसार, विस्तारै एउटा बाईक बनाउन चाहिने सम्पूर्ण उद्योग यही लगाउन सकिन्छ र शंकर ग्रुपको यो पहलले मोटरसाइकल उद्योगको नयाँ ढोका खोलेको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै