• २०८१ बैशाख १५ शनिबार

 काठमाडौं महानगरपालिका र  स्पेनको शहर म्याड्रिडबीच भगिनी सम्बन्ध शुरु 

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य स्पेन राजधानी म्याड्रिड र काठमाडौं महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गरी आज स्वदेश फर्किएका छन्। 

त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले स्पेनको महत्वपुर्ण ऐतिहासिक शहर म्याड्रिडबीच त्यँहाको मेयर र उपमेयरको उपस्थितिमा काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका जानकारी दिए। 

यसैगरी प्रमुख शाक्यले म्याड्रिड शहरका प्रमुख र विज्ञहरुसँग खानेपानी प्रशोधन, फोहरमैला व्यवस्थापन र पर्यटन प्रवर्धन बारे पनि छलफल भएको बताए ।

काठमाडौँ महानगरपालिका र स्पेनको राजधानी शहर म्याड्रिडबीच भागिनी सम्बन्ध स्थापनको एमओयुमा हस्ताक्षर गर्न गत असोज २ गते काठमाडौं महानगरपालिकाको तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र महानगरका कार्यकारी अधिकृत धनीराम शर्मा स्पेन गएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय