• २०८१ बैशाख १४ शुक्रबार

अत्यन्त सुस्त प्राधिकरण : २८ किमि सडक बनाउन ३ वर्ष लगायो 

kharibot

भूकम्प गएको तीन वर्षमा मात्र ४५ प्रतिशत निजी आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अन्य पुनर्निर्माणका काम पनि अत्यन्त सुस्त भएको पाइएको छ । नेतृत्व फेरबदल, सुविधावृद्धि, विदेश भ्रमणलगायतमा अत्यन्त अगाडि देखिएको प्राधिकरणले २८ किलोमिटर सडक बनाउन समेत ३ वर्ष लगाएको पाइएको हो । 

भुकम्पपछिको पुननिमार्ण प्रगति अवस्था र आगामी कार्ययोजना बारे छलफल गर्न आज दिगो विकास तथा सुशासन समितिले सिहं दरबारमा  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली  उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन ।  

भुकम्प पश्चात पुननिमार्ण प्राधिकरणले १ हजार ५१ किलोमिटरको ८३ वटा ग्रामीण सडक निमार्ण गर्ने जिम्मा पाएको थियो । प्राधिकरणले  पुननिमार्ण गर्नु पर्ने सडक मध्ये ३ वर्षमा २८ किमीको ३ वटा सडक निमार्ण सम्पन्न गरेको छ ।  जुन संख्याको हिसावले ४ प्रतिशत हुन आउछ भने किमिको  हिसावले ३ प्रतिशत हुन आउछ । 
पुननिमार्ण जारी रहेको संख्यालाई हेर्दा हाल ३८ वटा सडकको पुननिमार्ण जारी छ । संख्यामा कुल सडकको ४६ प्रतिशत  हुन आउछ ।  जुन ७ सय ७ किमीको हो भने लम्वाईको हिसावले  यो ६७ प्रतिशत हुने देखिन्छ । 

प्राधिकरणको तथ्याङ्कले ४२ वटा सडक पुनािमार्ण हुन बाँकी रहेको देखाउछ । जुन संख्याको हिसावले ५० प्रतिशत हो । यस्तै पुननिमार्ण गर्न  बाँकी सडक ३ सय १६ किमी रहेको छ  भने यो जम्मा पुननिमार्ण गर्नु पर्ने सडकको लम्बाईको हिसावले ३० प्रतिशत हो ।  

प्राधिकरणले आर्थिक वर्ष २०७७÷७८ मा काम सक्ने गरी लक्ष्य निर्धारण गरेको छ । जसमा आव ०७५÷७६ मा ६० प्रतिशत काम सक्ने र आव ०७६÷७७ भित्र ८० प्रतिशत काम सक्ने लक्ष्य निर्धारण गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै