• २०८१ बैशाख १८ मंगलबार

पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

kharibot

फाइल तस्बीर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर अधिकारीलाई आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइ दिए वापत लिएको एक लाख ५० हजार रकमसहित पक्राउ गरेको जनाएको छ ।

गुस मागिरहेको सूचनाको आधारमा अख्तियारको पोखराको टोलिले अधिकारिलाई भानु नगरपालिका वडा नं.-२, बाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै