• २०८१ बैशाख १४ शुक्रबार

बाँकेमा एक युवकको बीभत्स हत्या

kharibot

बाँके । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर बीभत्स हत्या भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

“गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भने, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए ।

ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै