आइसिसीको नयाँ बरियताः पारस र सोमपालको एक स्थान सुधार

खरीबोट

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ । 

आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महीना पारस ९७ औँ स्थानमा रहेका थिए । 

यसैगरी बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औँ र ३३८ अङ्क जोडेका सोमपाल ९३ औँ स्थानमा पुगेका छन् । 

अघिल्लो महीना वसन्त ७४औँ स्थानमै थिए भने सोमपाल ९४औँ स्थानमा थिए । सोमपालले पनि एक स्थान सुधार गर्न सफल भएका छन् । यस्तै कप्तान पारस अलराउन्डरतर्फ यथावत रहेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अङ्कसहित ४२औँ स्थानमा रहेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अङ्कसहित ६४ औँ स्थानमा रहेका छन् । 

आइसिसीको टी–२० ब्याटिङ बरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेष्ट इण्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् । 

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, न्युजिल्यान्डका इश सोधी चौथो र इंग्ल्यान्डका आदील राशिद पाँचौ स्थानमा छन् । 

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बंगलादेशका शाकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा छन् । 

अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी बरियतामा समावेश भएका हुन् ।  
 

सम्बन्धित समाचार

टी-२० क्रिकेटमा मुम्बई इण्डियन्सको रेकर्ड, विश्वकै धेरै खेल खेल्ने टिम 

काठमाडौँ । जारी आइपिएलका आधा खेल सकिएका छन् । अहिलेसम्मका खेलको आधारमा चेन्नई सुपरकिंग्सले ७ खेलमा ६ खेलमा जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । यसैबीच आइपिएल टिम

टी-२० क्रिकेटमा सन्दीपको ५० विकेट, बैंगलोरविरुद्ध महँगो साबित

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने रियल च्यालेन्जर्स बैंगलोरविरुद्ध महँगो साबित भएका छन् । सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा ४६ रन दिएर एक विकेट लिएका छन्

टी-२० विश्वकप छनौट : नेपालले पहिलो खेल कतारसँग खेल्ने 

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको खेल तालिका सार्वजनिक भएको छ ।   नेपालसँगै युएई, कतार, सिंगापुर, मलेसिया र कुवेत एशियाको अन्तिम छनौटमा पुगेका

टी-२० खेलमा वेस्टइन्डिजको लज्जास्पद हार  

काठमाडौँ  । इङल्याण्डले वेस्टइन्डिजविरूद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न दोस्रो टी-२० खेलमा १३७ रनको कीर्तिमानी जित हासिल गरेसँगै इङल्याण्डले वेस्टइण्डिजविरुद्ध ३ टी-२० खेलको सिरिजमा २-० को अग्रता बनाएको


z