• २०८१ बैशाख १५ शनिबार

अमेरिकासँगको व्यापार विवाद यो बर्षभरिमा निकास पाउँछ : चीन

kharibot

चीन, बेइजिङ । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका बाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् । 

अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफल भएको र कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको उनको भनाई थियो । 

बाणिज्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, “वार्ताबाट व्यापारबारे पारस्पारिक चासोका बिषयलाई समाधान गर्न आधार खडा भएको छ । हामीले सावधानीपूर्वक चीन–अमेरिका आर्थिक तथा व्यापार विवादलाई यसै बर्षमा समाधान गर्छौँ ।” 

झोङले भने, “बेइजिङले बाहिरी लगानीलाई पनि प्रोत्साहित गर्नेछ, वैदेशिक लगानीका लागि कानून अनुमोदन गराउने र विवाद समाधान प्रणालीमा सुधार ल्याउनेछ ।” 

चीनका नीतिनिर्माताहरूले थप खुला र स्वतन्त्र बजारका लागि काम गर्न लामो समयदेखि प्रतिवद्धता जनाएपनि तर अधिकारीहरूद्वारा उक्त प्रतिवद्धतालाई कार्यान्वयनमा लाने कुरामा ढिलाइ भइरहेको छ । 

यूरोपेली यूनियन च्याम्बर अफ कमर्सले चीनको स्वतन्त्र बजारप्रतिको नीतिलाई ‘संवेदनरहित प्रतिवद्धता’ का रूपमा लिएको छ । 

झोङले भने, “चीनको नकारात्मक सूची, जसले निश्चित उद्योगहरूमा लगानी गर्न कडाई गरेको छ, लाई थप कमजोर बनाएको छ ।” बेइजिङले पनि आर्थिक क्षेत्र बिस्तारमा देशबाहिरको लगानी भित्राउनका लागि चिनियाँ सरकारको संयुक्त सहकार्यविना नै खुला बनाउने पहल गरिरहेको छ । 

खासगरी विदेशी लगानी निर्माण, उच्च प्रविधिजन्य उद्योग र चीनको भित्री क्षेत्रमा लगानी गर्ने कुरालाई मन्त्री झोङले विशेष जोड दिए । यो बिषय र गत बर्ष गरिएका प्रतिवद्धतामा भिन्नता खासै नपाइने यूरोपको बुझाई छ । 

अमेरिकी लगानीलाई लक्षित गरी थप खुला क्षेत्रको सुनिस्चतता र आर्थिक सुधारका पक्षमा नै वासिङ्टनसँगको वार्ता केन्द्रित रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै