• २०८१ बैशाख १५ शनिबार

जिल्ला अस्पताल सार्दै गर्दा डा.केसी भन्छन् - अस्पताल सार्नुभन्दा माग पुरा गरियोस् 

kharibot

इलाम। पछिल्लो ६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मुटुको चाल अनियमित भएपछी उनलाई इलाम स्थित जिल्ला अस्पतालमा सारिएको छ ।

मुटुको चाल अनियमित हुनुका साथै खोकीसमेत बढ्दै गएपछि अस्पताल सारिएको हो । पटकपटकको अनशनका कारण निम्तिएको मुटुको समस्यालागि औषधिसमेत नखाएका डा. केसीको पाँचौ दिनदेखि नै मुटुको चाल गढबढी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

केही महिनाअघि मुटुमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पतालको मनमोहन सेन्टरमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा गम्भीर र नकारात्मक संकेत देखिएपछि आइतबारदेखि नै अस्पताल जान आग्रह गर्दा डा. केसी तयार नभएको भएपनि स्थानीयको आग्रहमा अस्पताल जान तयार भएको बताइएको छ । अस्पताल लैजानेक्रममा डा. केसीले भने मेरो स्वास्थ्यको चिन्ता गरेर अस्पताल सार्नु भन्दा मेरो माग पूरा गरियोस भनेका छन् ।

१५औं अनशनको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयकमाथिको प्रतिवेदन समितिबाट पारित भएपछि डा. केसी गत बुधबारदेखि अनशनमा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै