• २०८१ बैशाख १७ सोमबार

सहायक रजिष्टार पन्थी एक लाख घुस रकमसहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्टार गीता कुमारी पन्थीलाई एक लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख घुस लिएर आफ्नी छोरीलाई राख्न दिएको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियारको टोलीले सहायक रजिष्टार गीता कुमारी पन्थीले सेवाग्राहीसँग रू.१,००,०००।-(एक लाख) घुसबापतको रकम लिई निजकी छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन.एम.बि. बैङ्कको पार्किङ्गबाट सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै