• २०८१ बैशाख १५ शनिबार

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव असफल 

kharibot

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेविरुद्धको अविश्वासको प्रस्ताव हाउस अफ कमनमा अस्वीकृत भएको छ । बुधबार झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेको बिबिसीले जनाएको छ । 

मंगलबार मेले संसदमा प्रस्तुत गरेको ब्रेक्जीटसम्बन्धि प्रस्तावमा ठुलो हार बेहोरेकी मेविरुद्ध त्यसपछि विपक्षी दलले अविश्वास प्रस्ताव ल्याएको थियो । 

ब्रेक्जीटसम्बन्धि प्रस्तावमा मेको विरुद्ध ४३२ मत परेको थियो भने उनको पक्षमा २०२ मत परेको थियो । उनकै दलका ११८ सांसदले उनको विरुद्धमा मत दिएपछि मेको सत्ता संकटमा पर्ने अनुमान गरिएपनि सरकारले विस्वासको मत हासिल गर्न भने सफल भएको छ ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताकी छन् । 

उनले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गरेकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै