• २०८१ बैशाख १४ शुक्रबार

मेक्सिकोमा भएको विस्फोटमा परी २० को मृत्यु, ५४ घाइते

kharibot

मेक्सिको सिटि । मेक्सिकोको मध्य भागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । 

स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य ५४ जना घाइते भएका छन् । 

स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो । 

इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ । 

पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गर्भनर ओमार फायाडले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै