• २०८१ बैशाख २२ शनिबार

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित हुने सभामुखको दाबी 

kharibot

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित हुने बताएका छन् । बिहीबार पत्रकारसँगको कुराकानीमा सभामुख महराले यस्तो बताएका हुन् । 

उनका अनुसार शुक्रबार विधेयक संसदमा पेस गरिनेछ । यद्यपि कांग्रेसले संसद अवरुद्ध पारिरहेको सन्दर्भमा अवरोध गर्ने सम्भावना भए पनि सभामुख महराले भने प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमा प्रक्रियागत हिसाबले भाग लिइसकेको कारण सदनको प्रक्रियामा पनि भाग लिएर पारित गर्न सघाउने विश्वास व्यक्त गरे । 

उनले अस्पतालको नामको किचलो र विधेयक फरक विषय भएकाले कांग्रेसले विधेयक पारित गर्न अवरोध नगर्ने बताए । 

संसद बैठक बुधबार कांग्रेसले विरोध र अवरोध गरेपछि अवरुद्ध भएको थियो भने शुक्रबार १ बजे बोलाइए पनि आफ्ना दुई नेताको नामको अस्पतालबारे भनेको माग पूरा नभए शुक्रबार पनि कांग्रेसले अवरोध गर्ने देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै